राजनीति

पर्यटनमन्त्री किरातीको राजीनामा माग्दै राप्रपाले गर्‍यो काठमाडौंमा प्रदर्शन

Banner

काठमाडौं, पुस ६-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

धर्मबारे मन्त्री किरातीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र गैरसंवैधानिकु रहेको भन्दै राप्रपा काठमाडौं क्षेत्र नम्बर ४ ले शुक्रबार काठमाडौंको गौशालामा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले सुदन किराती राजीनामा गर, गणतन्त्र खारेज गर, राजसंस्था कायम गरसहितका नारा लगाएका थिए । गएको बुधबार मन्त्री किरातीले क्रिस्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएपछि विवादित बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>