देश/प्रदेश

काठमाडौंबाट थाइल्याण्डको फुकेटमा सिधा चार्टर्ड उडान हुँदै

Banner

काठमाडौं, पुस ६-

काठमाडौंबाट थाइल्याण्डको चर्चित पर्यटकीय केन्द्र फुकेटमा सिधा चार्टर्ड उडान हुने भएको छ ।

रुप्से होलिडेजले आगामी २१ जनवरीमा हिमालय एयरलाइन्सको जहाजबाट काठमाडौं–फुकेट सिधा उडान गर्न लागेको बताएको छ । यसअघि यो कम्पनीले काठमाडौं–भियतनाम रुटमा तीन वटा चार्टर्ड सिधा उडान गरेको थियो ।

रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले इतिहासमै पहिलो पटक दुई पर्यटकीय केन्द्रलाई सिधा उडानमा जोड्न थालिएको बताए । उनका अनुसार यो उडानबाट नेपाली पर्यटकलाई सोझै फुकेट लैजाने र फुकेटबाट विभिन्न देशका पर्यटकलाई काठमाडौं ल्याउने योजना छ ।

थाइल्याण्डको समुन्द्री तटमा रहेको यो शहर एशियाको पर्यटकीय केन्द्र मानिन्छ । फुकेटले हरेक वर्ष हजारौं पर्यटकलाई स्वागत गर्छ । कम्पनीका अनुसार यो उडानको एकतर्फी भाडा प्रतिव्यक्ति ३५ हजार नेपाली रुपैयाँ तोकिएको छ । यो उडानको दूरी ३ घण्टा १० मिनेटको हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area