खेलकुद

नेपालीहरु माल्टामा फुटबल खेलमा अब्बल बन्दै, एनएमएफसी कपमा जुटे युवाहरु

Banner

विप्लव काफले,
माल्टा, पुस ५- नेपाल माल्टा फुटबल क्लबले क्रिसमस र नयाँ वर्षको अवसर पारेर सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ ।

बुजिबाको सेरेन फुटबल क्लबको मैदानमा खेल हुदैछ । खेल यहि डिसेम्बर २७ (पुस ११) मा हुनेछ । क्लबका अध्यक्ष राजेन्द्र विष्टका अनुसार हालसम्म १५ वटा टिमले नाम दर्ता गराइसकेका छन् । थर्ड एनएमएफसी कपका लागि शुक्रबार साँझ अन्तिम टिम दर्ता र ट्राईसिट वितरण हुने विष्टले जानकारी दिए । विजेताले २ हजार २ सय २२ युरो, उपविजेताले १ हजार १ सय ११ युरो नगद पाउनेछन् ।

प्रतियोगितामा महिलाहरुको २ टिम पनि प्रतिस्पर्धामा उत्रनेछ ।
४ वर्ष पहिले स्थापना भएको नेपाल माल्टा फुटबल क्लब (एनएमएफसी) ले वर्षेनी लिग र टुर्नामेण्टहरु गर्दै आइरहेको छ । २ पटक वेल्जिम पुगेर पनि खेल खेलेको छ । रोजगारीका लागि माल्टामा रहेका युवाहरुले खेल प्रतिभा उजागर गर्न क्लबहरु गठन गरेका छन् । माल्टामा नेपाली युवाहरुका १६ वटा क्लबहरु सक्रिय छन् । महिलाहरुले पनि २ वटा क्बल बनाएका छन् ।

माल्टामा वर्षेनी ३ वटा फुटबल प्रतियोगिताहरु हुदै आएका छन् । पहिलो एनएमएफसी कपको विजेता आयोजक एनएमएफसी, दोस्रो एनएमएफसी कपको विजेता खुकुरी फुटबल क्लब बनेको थियो । एनएमएफसीले यसअघि होलिको अवसर पारेर डेढ महिनको लिग चरणको प्रतिस्पर्धा गराएको थियो । जसको विजेता झापा क्लब बनेको थियो ।

माल्टामा रहेका नेपालीहरुले हप्तामा ३ दिन नियमित खेल अभ्यास गर्दै आइरहेका छन् । नेपाली युवाहरुले माल्टिजहरुका क्लबहरुसँग पनि प्रतिस्पर्धा गर्दै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>