चितवन विशेष

२५औं पोखरा सडक महोत्सव पौष १२ देखि हुँदै, चितवनबासीलाई निम्तो

Banner

चितवन, पुस ५–

२५औं पोखरा सडक खाना महोत्सवमा देशभरका विभिन्न जातजातिको भोषभूषा तथा सँस्कृति प्रदर्शन गरिने भएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले आज (बिहीबार) चितवनको सौराहामा पत्रकार सम्मेलन गरी सडक खाना महोत्सवमा साँस्कृतिक पाटोलाई महत्वका साथ लिइएको जनाएको हो । महोत्सवका हरेक वर्ष चितवन र काठमाडौँमा प्रचारप्रसार स्वरुप पत्रकार सम्मेलन गरी जानकारी गराउने गरिएको छ । सोही अनुरुप रेवानको टोली चितवन आएर महोत्सवमा सहभागिता जनाउन चितवनबासीलाई आह्वान गरेका हुन् ।

महोत्सवका संयोजक विश्वराज पौडेलले स्वदेशी तथा विदेशी पर्यटक लक्षित यस महोत्सवमा साँस्कृतिक पाटोसंगै रैथाने खानेकुराका परिकारहरुको पर्यटकले स्वाद लिन पाउने बताए । ‘महोत्सवमा धेरै प्रकारका खानाको स्वाद लिन पाइन्छ, हामीले छुटको व्यवस्था पनि गरेका छौं’–पौडेलले भने । उनका अनुसार पौष १२ देखि १६ गतेसम्म चल्ने महोत्सवको अवसरमा पर्यटकहरुलाई बसोबासका लागि होटलदेखि खानाका परिकारमा १० देखि २० प्रतिशतसम्मको छुट व्यवस्था गरिएको छ । पौडेलले महोत्सवमा सहभागिता जनाउन चितवनबासीलाई आह्वान समेत गरे । पाँच दिनसम्म चल्ने महोत्सव फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवर लेकसाइडसम्म हुनेछ । रेवानले हरेक वर्ष आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले २५ वर्षअघिदेखि यो महोत्सव गर्दै आइरहेको छ ।

महोत्सवकै कारण विगतमा अंग्रेजी नयाँ वर्षको बेला न्यून पर्यटक हुँदै आएको पोखरामा पछिल्लो समय बढ्दै गएको रेवानको भनाई छ । सडकमै खाउँ सडकमै रमाउँ भन्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको मुख्य आकर्षणमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनीसंगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शनी, रात्रीकालिन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिवल प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो वुथ, पोखराको पर्यटन विकास प्रवद्र्धन अवसर तथा चुनौतिहरुको विषयमा केन्द्रीत गरि टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पतीलगायतका कृषि उपजहरुलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिने, बालबालिकाका लागि चित्रकला र पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्ट्री प्रदर्शनीका साथै पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन, महोत्सव क्षेत्रमा संचालन गर्दै आएका व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निर्धारित पसल अगाडि ल्याएर सजीसजावटका साथ व्यवसाय प्रवद्र्धन गरिने जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै रेवान सौराहाका अध्यक्ष नरेश गिरीले विगतमा पनि चितवनबासीले महोत्सव सफल बनाउन सहयोग गर्दै आइरहेको भन्दै यसपटक पनि सहयोग गर्ने बताए । उनले पोखरा र सौराहाको सम्बन्ध विगतदेखि नै महत्वपूर्ण रहेको भन्दै यसैगरि दुवै ठाउँको प्रचारप्रसारमा सहयोग पुर्‍याउने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>