देश/प्रदेश

मन्त्री किराँतीको बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध छौँः लिङदेन

Banner

काठमाडौं, पुस ५-

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिश्चियन नमान्ने संविधानविरोधी र देशद्रोही हो भन्दै दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कटाक्ष व्यक्त गरेका छन् ।

उनले मन्त्री किराँतीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘केरे केरे ? क्रिश्चियनलाई मान्दिन भन्नुचैं संविधानलाई मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देशद्रोही हुन्। …यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेल हाल्दिने हो। अब देशलाईनै जेलमा परिणत गर्नु पर्ने भो त।’

उनले क्रिश्चियनलाई त के यो संविधानलाई पनि नमान्ने अधिकार जनतालाई भएको बताएका छन्। उनले मन्त्री किराँतीको बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध भएको बताएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>