चितवन विशेष

भरतपुरमा एक करोड बढी लगानीमा नगर प्रहरीको आवासीय भवन बन्दै, मेयर दाहालद्वारा शिलान्यास

Banner

चितवन, पुस ५-

भरतपुर महानगरपालिकाको नगर प्रहरी बलको आवासीय भवनको बिहीबार शिलान्यास गरिएको छ ।

भवनको मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी र प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्रकुमार रानाले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

निर्माणधीन प्रशासकीय भवनको उत्तरतर्फ १९२९ दशमलब ८ वर्ग फिट क्षेत्रफलमा तीन तले भवन निर्माण हुन लागेको हो । भवनमा ५० जना नगर प्रहरीको आवससहितको क्षमता रहेको महानगरका इञ्जिनियर घनश्याम मिश्रले जानकारी दिए । तीन तलाको भवनमा प्रत्येक तलाको फ्लोर एरिया हुनेछ । भवनमा महिला र पुरुष प्रहरीलाई बस्न मिल्ने गरी छुट्टा छुट्टै अवास र शौचालको व्यवस्था गरिएको इञ्जिनियर मिश्रले जानकारी दिए । निर्माणको जिम्मा एमएस कनसोडिटेड इञ्जिनियरिङ बिल्ड प्रालिसँग एक करोड २४ लाख ७ हजार १८० रुपैयाँमा सम्झौता भएको हो । सम्झौता मितिले २०८१ साल जेठ ३० गतेसम्म २ तल्लासम्मको सम्पूर्ण कार्य र तेस्रो तलाको छत ढलान गर्नुपर्ने छ ।

यसअघि नगर प्रहरीले अस्थायी भवनहरुबाट सेवा दिँदै आइरहेका थिए । नगर प्रहरीले भवन अभावका कारण रात्रीकालिन डियुटी दिन असहज हुने गरेको नगर प्रहरीका निरीक्षक मेघराज भट्टराईले बताए । महानगरले नगर प्रहरीको संख्या वृद्धि गरी ७३ जना पुराएसँगै छुट्टै भवनको अवश्यकता पनि रहेको थियो । नगर प्रहरीको भवन निर्माण भएसँगै नगर प्रहरीको कार्य सम्पादन वृद्धि भएर जाने अपेक्षा लिइएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>