चितवन विशेष

भरतपुरमा चलिरहेको बीआईसी ह्याकाथनमा १६ वटा कलेजको रोमाञ्चक भीडन्त

Banner

चितवन, पुस ५-

चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजमा सञ्चालित ‘बीआईसी’ ह्याकाथनमा १६ वटा कलेजको बीचमा रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ ।

बोस्टन सेन्टर फर इन्फरमेशन एन्ड टेक्नोलोजीले बुधबारबाट सुरु गरेको ह्याकाथन भि. ३.०मा मा सूचना प्रविधि तथा कम्प्युटर अध्ययनरत विभिन्न कलेजका विद्यार्थीहरु प्रतियोगितामा सामेल भएका हुन् ।

प्रतिस्पर्धा ४८ घण्टासम्म चलिरहने सेन्टर फर इन्फरमेशन एण्ड टेक्नोलोजीले जनाएको छ । पर्यटन, स्वास्थ्य, कृषि, शिक्षा, विकास अनुसन्धानलगायत विषयहरुमा विद्यार्थीहरुको बीचमा प्रतियोगिता भइरहेको छ ।

भोलि पुस ६ गतेसम्म बोस्टन इन्टरनेशनल कलेजमा चल्ने प्रतियोगिताको उद्घाटन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले बुधबार गरेका हुन् । प्रतियोगितामा अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट, पश्चिमाञ्चल क्याम्पस,वीरेन्द्र बहुमुखी क्याम्पस, लुम्बिनी आईसीटी क्याम्पस, प्रेसिडेन्सी बिजनेस स्कुल, फोब्र्स कलेज, युनाइटेड कलेज, क्रिमसन कलेज अफ टेक्नोलोजी, अर्किड कलेज, वाल्मीकि शिक्षा सदन, अंकुरम एकेडेमी, सैनिक आवासीय महाविद्यालय, स्काई राइडर सेकेन्डरी, स्टेप बाइ स्टेप इंग्लिश सेकेन्डरी स्कुल, बोस्टन इन्टरनेशनल कलेज, अरोमा कलेजलेसहभागिता जनाएका छन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने कलेजका टोलीले पुरस्कार क्रमशः ३५, २५, १५ हजार रुपैयाँका साथै रनिङ सिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसका साथसाथै एक उत्कृष्ट टोलीलाई पाँच हजार रुपैँया प्रदान गरिनेछ । प्राविधिक कौशलताको विकास गर्नुका साथै संस्कृतिको रुपमा बढावा दिएर प्राविधिक कम्पनीहरुको विकासमा यस कार्यक्रमले ठूलो मद्दत पु¥याउने विश्वास लिइएको आयोजकले जनाएको छ ।

ह्याकाथन उद्घाटन कार्यक्रममा कोर्डिनेटर ध्रुव सापकोटा र विकास आचार्य द्वारा स्वागत मन्तवयका साथै ‘बीआईसी ह्याकाथन भि. १.०’ र ‘बीआईसी ह्याकाथन भि. २.०’ को यात्रा प्रस्तुत भएको थियो । ह्याकाथन शब्द‘ह्याकर’ र ‘म्याराथन’ शब्द मिलेर बनेको हो । जहाँ ‘ह्याकर’ भनेको एक चलाख प्रोग्रामर र ‘म्याराथन’ भनेको एक सिमित अवधिभित्र सहनशिलतापूर्वक कोडिङ गर्नु हो । ह्याकाथन एक सामाजिक कोडिङ कार्यक्रम पनि हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>