देश/प्रदेश

समाजशास्त्रमा स्नातकोत्तर सकेकी रोल्पाकी ७२ वर्षीया बमकुमारी

Banner

काठमाडौं, पुस ५-

गत सोमबार भएको त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहमा दाङकी ७२ वर्षीया बमकुमारी मगर दीक्षित भएकी छिन् । २०४४ सालमा स्नातक पास गरेकी मगरलाई अहिले स्नातकोत्तर पास गरेर दीक्षित भएपछि मगरलाई अहिले बधाइ दिनेको ओइरो लागेको हो ।

घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा भर्ना भएकी मगरले विश्वविद्यालयमा एक दिन पनि पढ्न नगाई पढाइ सुरू गरेको १४ वर्षमा समाजशास्त्रमा स्नातकोत्तर सकेकी हुन्। रोल्पाबाट २०३० सालमा एसएलसी पास गर्ने उनी पहिलो महिला थिइन्। उनले दाङको पद्मोदय पब्लिक बहुउद्देश्यीय माध्यमिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् ।

७२ वर्षीया बमकुमारी ज्याकेटमाथि कालो गाउन र टोपी लगाएर दीक्षान्त समारोहमा सहभागी भएकी थिइन् । सूचना: सेतो पाटी

 

 

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area