समाचार

एनसेल प्रकरणः माइतीघरमा प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले लियो नियन्त्रणमा

०
Banner

काठमाडौं, पुस ५-

एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मानवअधिकारकर्मी र अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण मानवअधिकारकर्मी र अभियन्ताहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

‘१३ पुरूष र दुई महिलालाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखेका छौं,’ उनले भने।

स्थानीय प्रशासनले मंसिर ५ गते माइतीघरलाई एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो। बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले थप दुई महिनाका लागि माइतीघरलाई निषेधित क्षेत्र तोकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>