राजनीति

धार्मिक सहिष्णुताको कुरा गरेको हुँ, यसलाई बङ्गाएर अर्कै बनाइयोः मन्त्री किराँती

Banner

काठमाडौँ, पुस ५-

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफुले सबै धर्मको समान अधिकार रहेको भन्ने भावको अभिव्यक्तिलाई बङ्गाएर अतिरञ्जित गरेको आरोप लगाएका छन्। आज राजधानीमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सव २०८० मा बोल्दै मन्त्री किराँतीले मन्त्री किराँतीले नेपाल बहुधार्मिक देश भएको र संविधानको अधिकार प्रयोग गरेर क्रिश्चियन धर्मावलम्बी पनि रहेको बताएका थिए।

‘मैले धार्मिक सहिष्णुताको कुरा गरेको हुँ, कोही पनि अतिबाद हुनुहुन्न भनेको हुँ,’ उनले भनेका छन्, ‘यसलाई बङ्गाएर अर्कै बनाइयो।’ सामाजिक सञ्जालमा भाइरल भएको ‘क्लिप’ प्रति सङ्केत गर्दै त्यो भन्दा अगाडीको एक लाइन मात्र सुनेपनि मैले के भन्न खोजेको प्रष्ट हुने बताए। ‘आधाघन्टा भन्दा बढी लामो भाषणमा मैले सकरात्मक कुरा मात्र बोलेको छु, उनले भने, ‘त्यो सुने सबैकुरा छर्लङ्ग हुन्छ।’

मन्त्री किराँतीले नेपाल बहुधार्मिक देश भएको र संविधानको अधिकार प्रयोग गरेर क्रिश्चियन धर्मावलम्बी पनि रहेको बताएका थिए।

‘संविधानको अधिकार प्रयोग गरेर सवै धर्मालम्बी नेपालमा बसेका हुन्,’ उनले भनेका छन्, ‘क्रिस्चियनको अस्तित्वलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो।’ त्यस्तै उनले संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्। यदि कसैले देशद्रोही गर्छ भने त्यसलाई हतकडी लगाउने र जेलमा हालिदिने हो’। भन्ने अभिव्यक्ती दिएका थिए।

उनको यही अभिव्यक्तिलाई क्रिश्चियन धर्म नमान्ने देशद्रोही भनेको भन्दै आलोचना सुरु भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>