अन्तर्राष्ट्रिय
तमिलनाडुमा बाढीबाट पाँचजनाको मृत्यु
०

भारत, पुस ५-
भारतको दक्षिणी राज्य तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले बाढीको चपेटामा परेका क्षेत्रमा राहत र उद्धार कार्य सञ्चालन गर्न थप हेलिकोप्टर माग गरेका छन् । बाढीमा सयौँ मानिस फसेको भन्दै उनले संघीय सरकारसँग उद्धारका निम्ति थप हेलिकोप्टर सहयोग गर्न आग्रह गरेका हुन् ।
विगत दुई दिनयता परेको अविरल वर्षाले तमिलनाडुका दक्षिणी धेरै जिल्लाहरूमा ठूलो क्षति भएको छ । वर्षाका कारण बस्ती र सडकमा गम्भीर क्षति पुगेको हो ।
बाढीका कारण ४० लाखभन्दा बढी मानिस मारमा परेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार वर्षा र बाढीका कारण कम्तीमा पाँचजनाको मृत्यु भएको छ । भारी वर्षाका कारण धेरै रेलहरू पूर्ण वा आंशिक रूपमा रद्ध गरिएको छ । न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























