अन्तर्राष्ट्रिय
सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगे
०

काठमाडौं, पुस ५-
स्पेनको गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगेका छन् । जनवरी १ देखि डिसेम्बर १५ सम्मको अवधिलाई समेटेर सार्वजनिक गरिएको तथ्यांकानुसार यो अवधिमा ५२ हजार ९४५ अवैध आप्रवासी स्पेन पुगेको देखाएको हो ।
यो २०२२ को सोही अवधिको तुलनामा ७६।२ प्रतिशतले बढी हो । २०२३ मा अवैध आप्रवासी आगमन समुद्रको माध्यमबाट रहेको थियो । तीमध्ये ७२ प्रतिशत क्यानरी टापुहरूमा पुगेका छन् ।
क्यानरी टापुमार्गलाई संसारको सबैभन्दा घातक आप्रवासी मार्ग मानिन्छ । त्यहाँ आप्रवासीले कम्तीमा १०० किलोमिटर खुला समुद्र पार गरेर आउनुपर्छ ।
स्पेनिस एनजीओ क्यामिनान्डो फ्रन्टेरासले अनुमानानुसार २०१८ देखि २०२२ का बीचमा सात हजार ८०० आप्रवासीको यात्राका क्रममा मृत्यु भएको थियो । न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























