देश/प्रदेश
अर्बौं रुपैयाँको घाटा भएपछि चिनियाँ जहाज बेच्दै नेपाल एयरलाइन्स
०

फिक्कल (इलाम), पुस ५-
नेपाल एयरलाइन्सले घाटामा रहेका ५ चिनियाँ जहाज बेच्न टेण्डर आह्वान गरेको छ । चीनबाट ल्याएर सञ्चालन सुरु गरेदेखि अर्बौं रुपैयाँको घाटा भएपछि बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।
एयरलाइन्सले २ वटा एमए–६० जहाज र ३ वटा वाई–१२ ई विमान बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । आज आह्वान गरिएको बोलपत्रमा आवेदन दिने अन्तिम मिति २०२४ को फेब्रुअरी ४ सम्म छ ।
‘इच्छुक कम्पनीहरुलाई जहाज किन्न आवश्यक डकुमेन्टसहित आवेदन खुलाएको छ,’ एयरलायन्सले भनेको छ, ‘कूल ५ जहाजको बिक्री अक्सनमार्फत हुनेछ ।’ यस्तै, आएका सम्पूर्ण आवेदनलाई स्वीकृत गर्ने वा नगर्ने भन्ने अधिकार एयरलाइन्ससँगै रहेको समेत बताइएको छ ।
चिनियाँ जहाज ल्याएपछि निगमलाई ५ जहाजले कूल १ अर्ब ९० करोडभन्दा धेरै घाटा दिइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























