देश/प्रदेश

कानमा एयरफोन लगाएर मोबाइलबाट सम्पर्क गरी उत्तर लेख्ने विद्यार्थीलाई कारबाही

Banner

काठमाडौं, पुस ४-

परीक्षार्थीले फोन गरेर उत्तर लेखेको पाइएपछि लोक सेवा आयोगले परीक्षार्थीलाई कारबाही गरेको छ ।

आयोगले यही पुस ३ गते तीन जना उम्मेदवारलाई कारबाही गरेको हो ।

काठमाडौंको पकनाजोलस्थित नेपाल युवक मावि परीक्षा केन्द्रका परीक्षार्थी दीपक नेपालीले मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको पाइएको आयोगको भनाइ छ । नेपालीले इन्जिनियरिङ सेवा, सर्भे समूहतर्फ अमिनको परीक्षा दिएका थिए ।

परीक्षाको मर्यादाविपरीत दाहिने कानमा एयरफोन लगाएर मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको परीक्षार्थी नेपालीले स्वीकार गरेको आयोगको भनाइ छ ।

साथै आयोगले खरिदार पदका लागि जलेश्वरस्थित सिम्वायोसिस एकेडेमी परीक्षा केन्द्रमा परीक्षा दिएका विनोदबाबु शर्मा नेपाललाई पनि कारबाही गरेको छ । उत्तरपुस्तिकामा सहयोगी लेखक र उम्मेदवार दुवैले लेखेको पाइएपछि उनलाई कारबाही गरिएको हो ।

यस्तै महेन्द्रनगरस्थित जानकी कन्या मावि केन्द्रबाट खरिदारको परीक्षामा सहभागी दिवाकर सापकोटाले उत्तर पुस्तिकाको खाली पाना च्यातेको भन्दै आयोगले उनलाई पनि कारबाही गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>