राजनीति
राष्ट्रिय सभा चुनावका लागि मतदाता नामावली स्वीकृत
०

काठमाडौं, पुस ४-
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ। प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज (बुधबार) आयोगले मतदाता नामावली स्वीकृत गरेको जानकारी दिए।
त्यसका लागि ५४९ जना प्रदेश सभा सदस्य र १४९८ जना गाउँपालिका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिका प्रमुख-उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























