स्वास्थ्य

एक हप्तामै दोब्बर बढे भारतमा कोरोनाका बिरामी

Banner

काठमाडौं, पुस ४-

भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बरले बढेका छन्। टाइम्स अफ् इन्डियाका अनुसार मंगलबार कोभिड–१९बाट संक्रमितको हुनेको संख्या १ हजार ९७० पुगेको छ। जबकी ९ दिन अघिसम्म जम्मा ९ सय ३८ जना मात्र संक्रमित थिए।

सात महिनाको अन्तरालपछि भारतमा यसरी कोभिड–१९ का बिमारी एक्कासी बढ्न थालेका हुन्। अहिले भारतमा संक्रमण बढ्नुको कारण कोभिड–१९ का नयाँ–नयाँ भेरिन्टको उत्पत्तिले गर्दा हो।

भारतको केरलामा भर्खरै नयाँ भेरियन्ट भेटिएको थियो। अनुसन्धानकर्ताहरूले यसको नाम ‘पिरोला’ राखेका छन्। केरलामा भेटिएको यो भेरियन्ट अहिले महाराष्ट्र र गोआमा पनि भेटिएको छ।

कतिपय अनुसन्धानकर्ताहरूले चिसो बढेका कारणले पनि कोभिड–१९को संक्रमण बढेको बताएका छन्। भारतमा मात्र हैन अमेरिका र युरोमा पनि ठन्डी यामसँगै कोरोना संक्रमण बढेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>