समाज

चितवनको कालिकामा रुखबाट लडेर ६० वर्षीय पुरुषको मृत्यु

०
Banner

चितवन, पुस ४-

चितवनको कालिका नगरपालिकामा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

कालिका–४ का सुनौलो टोलका ६० वर्षीय गिरबहादुर क्षेत्रीको पदमपुर सामुदायिक वनमा घाँस काट्न गएका बेला रुखबाट लडेर बुधवार मृत्यु भएको हो ।

घाँस काट्न गएका क्षेत्री घर नफर्किएपछि खोजतलास गर्दै जाँदा मंगलबार बिहान १०ः१५ बजे मृत फेला परेको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>