राजनीति

‘रुख चिह्नविरुद्ध लाग्नेलाई पार्टीबाट बिदा गरौं’

Banner

पोखरा, पुस ०३-
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रुख चिह्नविरुद्ध लाग्नेलाई पार्टीबाट सँधैका लागि बिदा गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको उद्घाटन सत्रलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पार्टीमा पद र अवसर लिनेहरुले चुनावमा अन्तर्घात गर्ने गरेको बताउँदै उनले भने, ‘तर नेता र नेतृत्वले गल्ती गर्दा चौतारीमा बसेर आलोचना गर्नेहरू अहिले रिसाएका छन्। उनीहरु ती व्यक्तिहरू हुन् जो चुनावमा रुखबाहेकमा भोट हाल्दैनन्।’

त्यसैले अब कांग्रेसले कसैसँग गठबन्धन गर्न नहुने बताउँदै उनले अगाडि थपे, ‘त्यसैले ती ईमान्दार २२ लाख कार्यकर्तालाई भन्नैपर्छ हामी हारे हारौंला, सिंहदरबार वा धुलो जे हुन्छ त्यसमा बसौंला। अब आइन्दा कुनैपनि चुनावमा कांग्रेसजनको आस्थामा कुनै असर पर्न दिन्नौं। रुख भन्दा अरु कुनैपनि ठाउँमा भोट हाल्नु पर्दैन भनौं।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई बचाउन नयाँ कांग्रेस तर पुरानो भावनाको कांग्रेस बनाउनुपर्ने बताए।

उनले आगामी फागुन ७ गते तोकिएको महासमिति बैठक अब कुनैपनि हालमा नसर्ने दाबी गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>