अपराध

हनी ट्र्यापमा पारेर १८ लाख असुल्ने तीन महिलालाई डेढ वर्ष कैद

Banner

दाङ, पुस ३-

हनि ट्र्यापमा पारेर पैसा असुलेको अभियोगमा धरौटीमा छुटेका घोराहीका तीन महिलालाई दाङ जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ ।

कानून व्यवसायी पुरुषलाई उनीहरुले हनी ट्रयापमा पारेका हुन् । दाङका तत्कालीन प्रहरी प्रमुख सुरेश काफ्लेले हनी ट्र्यापमा पारेर पैसा असुलेको अभियोगमा तीनजना महिलालाई मुद्दा चलाएका थिए ।

होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिइ १८ लाख असुल्ने तीन महिलालाई दाङ जिल्ला अदालतले जनही डेढ वर्ष कैद र जरीवाना गर्ने फैसला गरेको अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेले बताए ।

जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले कानून व्यवसायीबाट एक लाख नगद र १७ लाख चेक बुझेका घोराही १५ का ३२ वर्षीया सीतादेवी थापा १५ हजार रुपैँया, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई कैदसहित जनही १० हजार रुपैयाँ जरिवाना गर्ने अदालतले फैसला गरेको अदालतका श्रेष्तेदार दामोदर घिमिरेले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>