समाचार
भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेपाल एयरलाइन्सका दुई कर्मचारी निलम्बित
०

काठमाडौं, पुस ३-
भ्रमण भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने गरेको अभियोगमा पक्राउ परेका नेपाल एयरलाइन्स ९नेवानि० का दुई कर्मचारी निलम्बनमा परेका छन् । भिजिट भिसामा जानेहरुको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् ।
निगमका कार्यकारी प्रमुख युवराज अधिकारीले लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएका कारण पक्राउ परेको मिति २५ मंसिरदेखि लागु हुने गरी पोखरेललाई निलम्बन गरेका हुन् ।
यसैगरी यादवलाई पक्राउ परेको मिति २७ मंसिरदेखि लागु हुने गरी निलम्बन गरिएको छ । उनीहरुको मुद्दाको अन्तिम किनारा नलागेसम्म निलम्बन जारी रहने वायुसेवा निगमका कर्मचारीहरुको सेवा, शर्त सम्बन्धी नियमावलीको प्रावधान छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























