चितवन विशेष

चितवनका लेखक रह शर्माको १४ औं कृति ‘मीमांसाको सोपानमा रह’ सार्वजनिक

Banner

चितवन, पुस ३-

चितवनका अग्रज लेखक रह शर्माको १४ औं कृति ‘मीमांसाको सोपानमा रह’ सार्वजनिक भएको छ ।

साहित्य संगम चितवनले सो पुस्तक सार्वजनिक गरेर बजारमा ल्याएको हो ।

९० पृष्ठको पुस्तकमा शर्माले २१ वटा कृतिहरुको समीक्षा गरेका छन् । प्राध्यापक डा कर्णबहादुर वानियाले पुस्तकलाई अरुका कृति पढेर व्यक्त गरिएको विचारको संगालो भनेर चर्चा गरेका छन् । लेखकले आफूमा परेको प्रभाव अभिव्यक्त गर्ने उद्देश्यले समीक्षा तयार पारेको उनले बताए ।

साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाइँले चितवन र चितवनबाहिरका स्रष्टाहरुका पुस्तकहरुको विवेचित यो पुस्तकले प्रगतिशिलताको कसीमा सानोतिनो प्रभाव पार्न सक्ने कु्रातर्फ लेखक आश्वस्त हुनुभएको देखिने बताएका छन् । उनले राष्ट्रिय रुपमा कृतिले आफ्नो प्रभाव पार्न सक्ने दाबी गरेका छन् ।

लमजुङको अलैँचेमा विसं २००९ सालमा जन्मिएका रह शर्माको वास्तविक नाम शशिकिरण रेग्मी हो । विसं २०२३ सालदेखि नेपाली साहित्य यात्रा कविता लेखेर प्रवेश गरेका शर्मा सात दशकको उमेर पार गर्दासमेत लेखन यात्रामा त्यत्तिकै सक्रिय छन् । विसं २०५५ सालमा भ्रम लघुकाब्य लेखेर चर्चामा आएका शर्माको यो १४ औं कृति हो । यसअघि गीतसंगालो कविता सङ्ग्रह, लेख संग्रह, नियात्रा, बालकविता संग्रह, निबन्ध संग्रह, उपन्यास प्रकाशित छन् । बहु विद्या र क्षेत्रमा कलम चलाउँदै आएका शर्मा सामाजिक विकृति र बिसंगतिहरुको बारेमा लेख्न रुचाउँछन् । शर्मा भरतपुर महानगरपालिका–१० का स्थायी बासिन्दा हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>