राजनीति

प्रधानमन्त्रीलाई रविले प्रश्नै गर्दै भनेः सञ्चार मन्त्रालय अन्तरगतको प्राधिकरणले गर्ने कारबाही कसले रोक्यो ?

Banner

काठमाडौं, पुस ३-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल प्रकरणमा करछली गरेको कुरा लुकाउने व्यक्तिलाई नै किन संयोजक बनाएको भन्दै प्रश्न गरेका छन्।

सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले एनसेल प्रकरणमा करछली गरेको कुरा लुकाउने व्यक्तिलाई नै किन संयोजक बनाएको भन्दै प्रश्न गरेका हुन् ।

उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने-दूरसञ्चार प्राधिकरणले आफ्नो क्षेत्राधिकार भित्र रहेर कारबाही गर्ने होइन ? हाम्रा निकायलाई किन निकम्मा बनाइरहनुभएको छ? कर तिर्नुपर्छ भन्ने भन्ने सिकाउने हो कि होइन ? प्रणाली बनाउनेतिर ध्यान दिएनौँ भने कोल्याप्सको बाटोमा जान्छौँ । प्रधानमन्त्रीलाई गरौँ भने लाखौँ प्रश्न छन् ।

उनले सञ्चार मन्त्रालय अन्तरगतको प्राधिकरणले गर्ने कारबाही कसले रोक्यो? भन्दै प्रश्न गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>