समाचार

भारतको तामिलनाडुमा भारी वर्षा, रेल र हवाइ सेवा बन्द

०
Banner

काठमाडौं, पुस ३-

भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षाका कारण स्थानीय बस्ती डुबानमा परेका छन्। वर्षाका कारण रेल तथा हवाइ सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ।

भारतीय मौसम विज्ञान विभागका अधिकारीहरूले हिन्द महासागर र दक्षिण पश्चिम बङ्गालको खाडीमा श्रीलंकाको दक्षिणी तटमा चक्रवाती सञ्चारको प्रभावका कारण वर्षा भएको बताएका छन्।

अभूतपूर्व वर्षाले धेरै क्षेत्र जलमग्न भएपछि स्थानीय अधिकारीहरूले सबै विद्यालय र क्याम्पसमा बिदा दिइएको छ। अहिलेसम्म सात हजार ५०० मानिसलाई सुरक्षित स्थानमा सारिएको र उनीहरूलाई ८४ वटा राहत शिविरमा राखिएको छ ।

बाढीका कारण थुथुकुडीमा सडक पनि भत्किएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार तुतीकोरिन जिल्लामा वर्षाका कारण भएको घटनामा एक जनाको मृत्यु भएको छ। लगातारको वर्षाका कारण रेलको लिक बाढीमा डुबेपछि रेल सेवा समेत प्रभावित भएको छ।

भारी वर्षाका कारण १७ वटा रेलको पूर्ण वा आंशिक रूपमा सेवा अवरूद्ध बनेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>