समाचार

सर्वोच्चले माग्यो आङटावा शेर्पालाई थुनामा पठाउने उच्च अदालतको आदेश

०
Banner

काठमाडौं पुस ०२
सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका संविधानसभा सदस्य आङटावा शेर्पालाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत पाटनलाई आदेश दिएको छ ।

आफूलाई थुनामा राख्ने उच्च अदालत पाटनको आदेश बदर हुनुपर्ने माग राख्दै शेर्पा सर्वोच्च अदालत पुगेका थिए । सोमबार न्यायाधीश डा। आनन्दमोहन भट्टराईको इजलासले शेर्पाको हकमा ‘कैफियत प्रतिवेदन पेश गर्न’ आदेश दिएको हो ।

कुनै आरोपितलाई थुन्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा रिहा गर्न आदेश दिनुको कारण र आधार खुलाएको प्रतिवेदनलाई कैफियत प्रतिवेदन भनिन्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका शेर्पालाई १५ मंसिरमा उच्च अदालत पाटनले सदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो । त्यो आदेश बेरितको रहेको भन्दै शेर्पाले आफूलाई सामान्य तारिखमा छाड्नुपर्ने माग राखी सर्वोच्च अदालत पुगेका हुन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>