क्रिकेट

चितवनमा बागमती प्रदेशका २५० खेलाडी कराँतेमा दीक्षित हुँदै

Banner

चितवन, पुस २-

चितवनमा बागमती प्रदेशस्तरीय सितोरियो कराँतेमा २५० खेलाडी दीक्षित हुने भएका छन् ।

भरतपुर कभर्ड हलमा आजबाट सुरु भएको दीक्षान्त समारोहमा सहभागी खेलाडीहरुलाई नेपाल सितोरियो कराते संघ र नेपाल सितोरियो कराते संघ बागमती प्रदेशले दीक्षित गर्न लागेको हो ।

कार्यक्रमको बागमती प्रदेशका पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गरेका छन् । सो अवसरमा मन्त्री महर्जनले खेललाई पेसाको रुपमा अपनाउँँदै जीवनयापन गर्न नसक्दा खेलाडीहरु विदेशिने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरे । भविष्य निर्माणका लागि विदेशिरहेका खेलाडीहरुलाई देशमै रोक्ने अवस्था सृजना गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

युवा र खेलाडीहरु देशको भविष्य भएको भन्दै उनले सरकारले उनीहरुको जीवनसँग खेलवाड गर्न नहुने तर्क गरे । यस्तै उनले कराँतेले खेलाडीहरु अनुशासन सिकाउने भन्दै यस खेलको प्रवद्धनमा थप जोड दिनुपर्ने बताए । मन्त्री महर्जनले कराँते संघ चितवनको भवन स्तरोन्नतिका लागि प्रदेशको आगामी बजेटमा पहल गर्ने प्रतिबद्धता जनाए । उनके आगामी आर्थिक वर्षको बजेटमा यसका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्री महर्जनले आज नै संघको भवनको स्थलगत अवलोकन समेत गरेका थिए ।

तीन दिनसम्म चल्ने दिक्षान्त समारोहमा बागमती प्रदेशका १२ जिल्लाबाट करिब २५० खेलाडीहरु सहभागी छन् । उनीहरुलाई खेलको नियम, आत्मरक्षा सम्बन्धि प्रशिक्षण दिइनेछ । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका मुख्य प्रशिक्षक तुलसीकुमार महर्जनले प्रशिक्षण दिने सितोरियो कराँते संघ बागमती प्रदेश अध्यक्ष गगन लामाले जानकारी दिए ।

अन्तिम दिन सहभागीहरुको परीक्षा लिएर उनीहरुलाई दीक्षित गरिनेछ । सोही अनुसार उनीहरुलाई फर्स्ट डन, सेकेन्ड डन र थर्ड डनबाट दीक्षित गरिनेछ । कार्यक्रममा भरतपुर १० वडाध्यक्ष परमेश्वर खनाल, ४ का वडाध्यक्ष अर्पण पोखरेल, चितवन जिल्ला खेलकुद विकास समिति सदस्य कल्पना पौडेल, सितोरियो कराँते संघ भरतपुर महानगर समिति अध्यक्ष राजन कार्कीलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>