चितवन विशेष

भरतपुरको सप्तगण्डकी चोकमा युवा संघले गरेको रक्तदानमा १०२ जनाले गरे रगत दान

Banner

चितवन, पुस २-

चितवनमा देखिएको रगतको चरम अभावलाई ध्यानमा राख्दै राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगरकमिटीले गरेको रक्तदानमा १०२ जनाले रगत दान गरेका छन् ।

भरतपुरको सप्तगण्डकी चोकमा भएको रक्तदान नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगरकमिटी अध्यक्ष राम कार्कीको अध्यक्षतामा भएको रक्तदानमा पार्टि जिल्ला उपाध्यक्ष कमलराज पाठक, पार्टी प्रदेश कमिटी सदस्यहरु कृष्ण भुर्तेल, अस्मिन घिमिरे, पार्टी उपसचिव प्रकाश ढुंगाना, युवा फाँट प्रमुख प्रताप डल्लाकोटी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज शंकर अधिकारी, अमृता भट्टराई, राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी नेताहरु, जिल्ला कमिटी, अनेरास्ववियु चितवन अध्यक्ष हरि आचार्य, युवा संघ चितवन तथा अनेरास्ववियुका विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरु, विभिन्न पालिका कमिटीलगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा एमाले चितवनका उपसचिव प्रकाश ढुंगानाले आफ्नो ४६ औं जन्मदिनको अवसरमा ५१ औं पटक रक्तदान गरेका छन् । राष्ट्रिय युवा संघ चितवनको पूवअध्यक्षसमेत रहेका ढुंगानाले प्रेस चौतारी चितवनको बसनीमा बन्दै गरेको भवनको लागि १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>