Breaking News

प्रधानमन्त्रीले भने: एनसेलमा प्रचण्डले भ्रष्टाचार गर्‍यो भन्ने फटाहाको मुखमा बुजो लाग्यो

Banner

महोत्तरी, पुस १–

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले एनसेलमा प्रचण्डले अरबौको भ्रष्टाचार गर्‍यो  भन्ने फटाहाको मुखमा बुजो लागेको बताएका छन् ।

सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा आफू नेतृत्वको सरकारले थालेका कामबाट आतंकित भएका केही मानिसले एनसेलमा प्रचण्डले अर्बौंको भ्रष्टाचार गरेको प्रचारबाजी गर्ने गरेको उनले आरोप लगाएका हुन् ।

आइतबार महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले मेरो नेतृत्वको सरकारले विश्वव्यापी रूपमा र देशभरि पनि सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा थालेका कामहरू, अर्थतन्त्र सुधारका निम्ति थालेका कामहरूबाट आतंकित भएर एनसेलमा अर्बौंको भ्रष्टाचार ग¥यो प्रचण्डले भन्ने प्रचार भएको देखेँ मैले ।’ आफू दुबईमै हुँदा एनसेलको सेयर बिक्री भएका खबर अनलाइनबाट थाहा पाएको उल्लेख गरेका प्रधानमन्त्री दाहालले नेपाल आएपछि यसबारे गठबन्धन र मन्त्रिपरिषद् बैठकमा छलफल गरी छानबिन समिति गठन गरेको बताए।

‘एनसेलसम्बन्धी भएका गतिविधिको समग्र छानबिनका लागि समिति बनाएपछि ती फटाहाहरू जसले जानिबुझी सरकारले राम्रो काम गरेकोमा जनतालाई भ्रम दिने षड्यन्त्रअन्तर्गत प्रचारबाजी गरेका थिए, तिनीहरूको मुखमा अहिले बुजो लागेको छ,’ उनले भने । सरकारले सुरू गरेका राम्रा काममा जनताले सहयोग गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>