देश/प्रदेश

गोरखाका माओवादी नेता देवकोटा आफ्नै संरक्षणमा राखेको किशोरीलाई बलात्कार गरेपछि प्रकाउ

Banner

काठमाडौं, पुस १-

गोरखाका माओवादी नेता नेता पक्राउ परेका छन् । आफ्नो घरमा संरक्षण दिएर राखेको १७ वर्षीया किशोरी गरेको आरोपमा गोरखाका ६५ वर्षीय भूमिनन्द देवकोटा पक्राउ परेका हुन् । काठमाडौं महानगरपालिका-३२ मा बस्दै आएका देवकोटालाई प्रहरीले गत साता पक्राउ गरेको हो । पीडित बालिकालाई देवकोटाका घरमा ६ वर्षको उमेरदेखि बस्दै आएकी थिएन र उनलाई देवकोटाले संरक्षण दिएर राखेका थिए ।

प्रहरीमा पीडित बालिकाले दिएको जाहेरीमा देवकोटाले विगत १ वर्षदेखि उनलाई जबरजस्ती करणी गरेको उल्लेख छ । अत्याचार सहन नसकेपछि काठमाडौंस्थित देवकोटाको घरबाट बालिका तिहारको समयमा निस्किएको प्रहरीले जनाएको छ।

देवकोटाको घरबाट निस्किएपछि उनी एक युवकसँग बस्दै आएकी थिइन् । प्रहरीले प्रेमी भनिएका ती युवकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेप्सीकोला बस्ने २७ वर्षका दीपेश नेपाली रहेका छन् ।
सूचनाः नेपाल प्रेस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>