राजनीति

एमालेको संकल्प यात्रा रोक्न मुसेपा खोला पुलमा राखिएको शंकास्पद वस्तु केही नभएको पुष्टि

Banner

काठमाडौं, पुस १-

थरपु-च्याङ्थापु सडकखण्डको मुसेपा खोला पुलमा राखिएको शंकास्पद वस्तु केही नभएको पुष्टि भएको छ ।

निवाभञ्ज्याङ जाने बाटोको पुलमा तार जोडिएको अवस्थामा राखिएको शङ्कास्पद वस्तु केही विस्पोटक नभएको सुरक्षाकर्मीले बताएका छन् । सुरक्षाकर्मीले उक्त वस्तु विस्पोटक नभएर तर्साउन मात्रै राखिएको जानकारी दिएका हुन् ।

नेकपा एमालेको मध्यपहाड केन्द्रित संकल्प यात्राका लागि टोली आज फिदिमबाट च्याङथापु हुँदै चिवाभञ्ज्याङतर्फ जाँदै छ । तर, सो सडकको पुलमा राखिएको शंकास्पद वस्तु देखेपछि एमाले नेताहरू सवार गाडी केही समय रोकिएका थिए । अहिले टोली त्यहाँबाट च्याङथापुका लागि हिँडिसकेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>