चितवन विशेष

भरतपुरको वाल्मीकि शिक्षा सदनमा भएको टेक एक्स्सोमा विभिन्न प्रतिस्पर्धाका विजेता पुरस्कृत

Banner

चितवन, मंसिर ३०-

भरतपुरको वाल्मीकि शिक्षा सदनमा भएको टेक एक्स्पोमा सूचना प्रविधिसँग सम्बन्धित चार प्रतिस्पर्धा भएका छन् ।

रोबोटिक्स क्लब अफ वाल्मीकि शिक्षासदनले गरेको एक्स्पोमा अंकुरम एकेडेमीले एक्स्पो टाइटल जित्न सफल भएको छ । एक्स्पोमा भएको राबो रेसमा प्रेरणा कलेज, रोबो ब्याटलमा अरोमा कलेज, ह्याकाथनमा अंकुरम एकेडेमी र अन्य प्रतिस्पर्धात्मक कार्यक्रममा प्रेरणा एकेडेमी विजयी भएका छन् ।

प्रतिस्पर्धाका चार विद्यामा सबैभन्दा धेरै अंक प्राप्त गरी टाइटल विजेता अंकुरम एकेडेमीले १५ हजार रुपैयाँ, बीट द च्याम्पमा वाल्मीकि कलेज विजयी भएका छन् । रोबोटिक्स क्लबका अध्यक्ष एनिमेस ढकाललको अध्यक्षतामा भएको एक्स्पोको उद्घाटन शत्रमा प्राचार्य प्रदिप पौडेल, उच्च मावि संयोजक विष्णुप्रसाद ढकाल,कार्यक्रम संयोजक सुमन कँडेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>