हेटौँडा
बेवारिसे नागरिकको अभिभावक प्रदेश सरकार बन्छ: मुख्यमन्त्री जम्कट्टेल
०

हेटौँडा, मंसिर ३०-
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले असहाय बेवारिसे नागरिकको अभिभावक प्रदेश सरकार बन्ने बताएका छन् । हेटौँडामा मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले असहाय बेवारिसे नागरिकको अभिभावक प्रदेश सरकार बन्ने बताएका हुन् ।
प्रदेश सरकारले मानव सेवामा समर्पित संस्थाहरुलाई सहयोग गर्दै मानवताका र असहाय नागरिकको संरक्षणमा काम गरिरहेको उनले बताए । प्र्रदेश सरकार स्थापनादेखि हालसम्म मावन सेवा आश्रमको व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अन्तर्गत बजेट विनियोजन गर्दै आएको बताउँदै उनले प्रदेश सरकारले स्थापना कालदेखि हालसम्मको अवस्थामा ४ करोड रुपैयाँ भन्दा बढी रकम सहयोगस्वरुप लगानी गरेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























