क्रिकेट

बङ्ग्लादेशसंग भारत ४ विकेटले पराजित, फाइनलमा बङ्ग्लादेश युएईसंग खेल्ने

०
Banner

काठमाण्डौँ, मंसिर २९-
भारतलाई हराउँदै बङ्ग्लादेश १९ वर्षमुनिको एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । आज शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा बङ्ग्लादेशले भारतलाई ४ विकेटले हरायो ।

भारतले दिएको १ सय ८९ रनको लक्ष्य बङ्ग्लादेशले ४२ ओभर ५ बलमा ६ विकेट गुमाएर भेटायो । बङ्गलादेशका अरिफुल इस्लामले सर्वाधिक ९४ रन बनाए । यस्तै अहरर अमिनले ४४ रन जोडे । बलिङतर्फ भारतका नमन तिवारीले ३ र राज लिम्बानीले २ विकेट लिए ।

यसअघि दुबईको आईसीसी एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ४२ ओभर ४ बलमा १ सय ८८ रन बनाउँदा अल आउट भयो । भारतका मुरुगन अभिषेकले ६२ र मुशीर खानले ५० रन बनाए । जितसंगै बगलादेशले फाइनलमा यूएईको सामाना गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>