अपराध

बालिका करणी गर्ने १९ वर्षीय मगरलाई जन्मकैद

०
Banner

दमौली (तनहुँ), मंसिर २९-

तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो ।

साथै निजलाई रु छ लाख जरिवाना र रु २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ । निजविरुद्ध नौ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो । प्रहरीले निजविरुद्ध विसं २०७९ असोज २८ गते तनहुँ अदालतमा मद्दा दर्ता गरेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>