देश/प्रदेश

विद्यालयमा संसद् अभ्यास

Banner

दाङ, मंसिर २९

तुलसीपुर उपमहानगरपालिका–६ स्थित ग्रेट अरनिको माविमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थी एलिसा बुढाले नमूना संसद्मा पेस गरिएको ‘शिक्षा विधेयक’माथि टिप्पणी गर्दै भन्नुभयो, “पहिले एसएलसी पास गरेका विद्यार्थीले खरिदारको परीक्षा दिन पाउँथे, तर अहिले कक्षा १० पास गरेका विद्यार्थीले किन दिन नपाउने ?” यसको जवाफ नमूना संसद्मा शिक्षामन्त्री बन्नुभएका शङ्कर थापाले दिनुभयो ।

एलिसाजस्तै प्रतिपक्षी सांसदहरूले विधेयकमाथि टिप्पणी गर्दै विभिन्न मन्त्रीहरूलाई प्रश्न पनि सोध्नुभयो । केही सांसदहरूले संसद् चलिरहँदा नियमापत्ति पनि जनाउनुभयो ।

विद्यालयमा कक्षा ११ र १२ मा कानुन विषय अध्ययन गरिरहेका विद्यार्थीले नमूना संसद्को अभ्यास गरेका थिए । विद्यार्थीलाई किताबी ज्ञानमात्रै नभई प्रयोगात्मक ज्ञानमा जोड्न यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल विष्णुकुमार देवकोटाले बताउनुभयो ।

‘नयाँ युवा, नयाँ सोच’ संस्थाको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा सत्तापक्ष, प्रतिपक्ष, सभामुख, उपसभामुख, प्रधानमन्त्रीसहित संसद्मा हुने सबै अङ्ग बनाएर कार्यक्रम गरिएको हो । संसदीय प्रणालीका विषयमा पनि कानुनका विद्यार्थी जानकार हुनुपर्ने भन्दै यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल देवकोटाले बताउनुभयो ।

कानुनका विद्यार्थी अनुसन्धानमुखी, स्पष्ट वक्ता हुनुपर्ने भन्दै त्यसका लागि बोल्ने अभ्यास विकास गर्न पनि सो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । विद्यार्थीले प्रत्येक शब्द–शब्दलाई विश्लेषण गर्न सक्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो । “कानुनका विद्यार्थीमा शब्दसँग खेल्न सक्ने क्षमता हुनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि यस्ता अभ्यास नियमित हुनुपर्छ ।” जति अभ्यास धेरै भयो, त्यति नै विद्यार्थी पोख्त हुने उहाँको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area