देश/प्रदेश

कमिसनले एनसेल कौडीको मोलमा नामसारी गरेको ओलीको आरोप

Banner

 

काठमाडौं, मंसिर २८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल काण्ड सरकार र राजनीतिक संलग्नता भएको आरोप लगाएका छन्।

तेह्रथुमको वसन्तपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड सरकार बनेपछि देशमा सुनदेखि एनसेलसम्मको काण्ड आएको बताए ।

उनले भने, एनसेल काण्ड सरकारको र राजनीतिक संलग्नता छ । अब चार वर्षपछि एनसेल आफै नेपालको नाममा आउँदैछ । तर, सरकारले जालझेल गरेर अर्को कम्पनीमा कौडीको मोलमा नामसारी गरेर, कमसन तन्त्रको जालोमा पारेर देशलाई खर्बौँको नोक्सानी पुयाएको छ । सरकार बोल्न सकेको छैन । यस्तो अवस्थाबाट देशलाई कसरी मुक्त गराउँने भन्नेमा एमाले गम्भीर छ ।

उनले पहिचानवादीलाई संकेत गर्दै संवैधानिक र संवादको बाटोबाट टुंग्याउनुपर्ने कुरालाई पार्टी र व्यक्तिलाई केन्द्रित गर्न खोजेकोप्रति असन्तुष्टि जनाए । शान्तिपूर्ण ढंगले आफ्नो विचार राखेर संवैधानिक बाटोबाट समाधान गर्न आग्रह गरे । गलत बाटोबाट कोहीपनि सही ठाउँमा नपुग्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>