राजनीति

गृहमन्त्री श्रेष्ठ फेरि अस्वस्थ

Banner

काठमाडौं, मंसिर २८-

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि अस्वस्थ भएका छन्। गत हप्ता मात्रै अस्पतालबाट डिस्चार्ज भएका श्रेष्ठको स्वास्थ्यमा बुधबार फेरि समस्या भएको हो।

बुधबार साँझ मुटुमा समस्या देखिएपछि गएराति उनलाई बाँसबारीस्थित गंगागाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो। रातभर उपचार गरेपछि बिहीबार बिहान डिस्चार्ज भएका छन्।

यसअघि श्रेष्ठको मुटुमा खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो।

चीन भ्रमणमा रहेका बेला पनि उनीलाई सामान्य खालको हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाट फर्किपछि बिहीबार उनी आराम गरिरहेको सचिवालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>