अन्तर्राष्ट्रिय

हजारौँ डोनोटले भरिएको भ्यान चोरी भएपछि…

०
Banner

सिड्नी, मंसिर २८-

अष्ट्रेलियामा एक महिलामाथि डोनोट चोरीको आरोप लागेको छ । ती महिलामाथि केही सय होइन हजारौँ डोनोट चोरीको आरोप लागेको छ ।

सिड्नीको उपशहरी क्षेत्रको एउटा पेट्रोल पम्पमा पेट्रोलबाट नोभेम्बर २९ मा १० हजार वटा क्रिस्पी क्रेम डोनोटले भरिएको डेलिभरी भ्यान हरायो ।

एक हप्तापछि उक्त भ्यान कार पार्कमा भेटियो । तर भ्यानभित्रको डोनोट सबै बिग्रिएर खान नहुने भइसकेका थिए । भ्यान चोरीको मामिलामा प्रहरीहरूले एक २८ वर्षीय युवतीलाई बिहीबार समातेको छ । जमानत नपाउने गरी प्रहरी फन्दामा परेकी महिलामाथि सवारी साधन चोरेको र अयोग्य भएर पनि भ्यान चलाएकोलगायत आरोप लगाइएको छ । घटना घटेको दिनमा स्थानीय समयअनुसार बिहान ४ बजेतिर महिला भ्यान आसपास रहेको पेट्रोल पम्पमा रहेको सीसीटीभी फुटेजले देखाएको छ ।

केही समयपछि महिला वेवारिसे अवस्थामा रहेको डेलिभरी भ्यानभित्र चढिन र यसलाई लिएर भागिन् । भ्यानभित्र १० हजार ओटा डोनोट थिए भन्ने कुरा उनलाई थाहा भए नभएको अस्पष्ट छ । क्रिस्पी क्रेमले भ्यान चोरी भएको भन्दै प्रहरीमा उजुरी गर्‍यो । चोरिएको १० हजार ओटा डोनोन फेरि ग्राहककहाँ पुर्याउन कम्पनीले काम गरिरहेको बताइएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>