देश/प्रदेश

बेहुलाको गाडीले ठक्कर दिँदा नाच्दै हिडेका जन्तीको मृत्यु, ४ जना घाइते

Banner

प्युठान, मंसिर २८-

प्युठानमा बेहुलाको गाडीको ठक्करबाट नाच्दै हिडेका एकजना जन्तीको मृत्यु भएको छ ।

प्युठानको ऐरावती गाउँपालिका–२ बढौलामा लु ३ च ६८४७ नम्बरको स्कारपिओ गाडीको ठक्करबाट जन्ति हिँडेका एक जनाको मृत्यु भएको हो ।

अघि–अघि जन्ती पछि–पछि बेहुला बोकेको गाडी हिँडिरहेको बेला अकास्मात् गाडीको टायर पन्चर भई अगाडि हुत्तिएर दुर्घटना भएको प्युठानका प्रहरी प्रवक्ता इन्स्पेक्टर होमानन्द खनालले जानकारी दिए ।

‘बाटो अलिअलि ओरालो थियो । अघि नाच्दै गाउँदै जन्ती हिँडिरहेका थिए । सोही क्रममा गाडीको टायर पन्चर भएर अगाडि हुत्तिएछ,’ उनले भने।

दुर्घटनामा मल्लरानी गाउँपालिका–३ चोरपानीका ५२ वर्षीय दामोदर परियारको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उनले इन्स्पेक्टर खनालले जानकारी दिए ।

दुर्घटनामा थप तीन जना घाइते भएका छन ्। मल्लरानी गाउँपालिका–३ का कृष्ण परियार, ऐरावती गाउँपालिका–२ करिश्मा सुनार, सिर्जना सुनार र दाङको राप्ती गाउँपालिका–५ कि पिपला सुनार घाइते रहेको इन्स्पेक्टर खनालले जानकारी दिए । उनीहरूको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>