झापा

झापामा जंगली हात्ती मृत फेला

०
Banner

काठमाडौं, मंसिर २८-

झापामा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। जिल्‍ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार बिहान बाह्रदशी गाउँपालिका-१स्थित बागमतामा जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको हो ।

राति कुन बेलामा हात्ती मरेको भन्ने नखुलेको प्रहरीले जनाएको छ। हात्ती मृत फेला परेको भन्ने खबर प्रहरीलाई बिहान ८ बजे भएको थियो। उक्त खबर पछि इलाका प्रहरी कार्यालय राजगढ झापाबाट प्रहरी वरिष्ट नायब निरीक्षक मदनकुमार मैनालीको कमान्डमा प्रहरीको टोली खटिएको थियो।

हात्ती स्थानीय नगेन्द्र राईको बारीमा फेला परेको हो। बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ। तस्बिर: जिल्ला प्रहरी कार्यालय झापा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>