अर्थ
आज प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढ्यो सुनको भाउ
०

काठमाडौँ, मंसिर २८-
लगातार घटेको सुनको मुल्य आज एकैदिन दुई हजार आठ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैपटक दुई हजार आठ सय रूपैयाँले बढेर आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























