राजनीति

मध्य पहाडमा एमालेलाई जनताको अपार समर्थन : महासचिव पोखरेल

Banner

काठमाडौं, मंसिर २८-

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मध्य पहाडमा पार्टीले जनताको अपार समर्थन र माया पाएको दाबी गरेका छन् । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म मध्य पहाडी लोकमार्गको यात्रामा रहेको एमालेका महासचिव पोखरेलले मध्य पहाडमा एमालेलाई जनताको अपार समर्थन प्राप्त भएको बताए ।

बिहीबार बिहान भोजपुरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले लोकमार्गको पूर्वपश्चिम यात्राका क्रममा मध्यपहाडको समस्या, सम्भावना र अवसरहरूलाई नजिकबाट नियाल्ने काम भएको बताए ।

एमालेको सङ्कल्प यात्राले जनतामा फैलिएको निराशालाई आशामा बदल्न सहयोग पुगेको भन्दै उनले यात्राले समाजमा फैलिएको नकारात्मक मनोविज्ञानलाई चिर्न र गलत प्रवृत्तिलाई पाखा लगाउन समेत सहयोग पुर्याएको दाबी गरे ।

उनले मध्य पहाडमा आर्थिक विकास र समृद्धिको ठुलो सम्भावना कायम रहेको बताए ।

‘मध्य पहाडमा पूर्वाधारको विकास र बसाईसराईंको प्रवृत्ति जसरी बढ्दो छ, यसलाई कसरी रोक्न सकिन्छ भनेर बुझ्न चाहेका थियौँ,’ पोखरेलले भने, ‘यति यात्रा गरिसकेपछि हामी मध्य पहाडी लोकमार्ग भविष्यमा नेपालको समृद्धिको आधार बन्न सक्छ भन्ने निष्कर्षमा पुगेका छौँ । मध्य पहाडमा अझै पनि सम्भावना टरिसकेको छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>