समाचार

चितवन नेटवर्कसहित तीन इन्टरनेट कम्पनीको अनुमतिपत्र खारेज

०
Banner

काठमाडौँ, मंसिर २८-

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक चितवन नेटवर्क प्रालिसहित तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ।

प्राधिकरणबाट इन्टरनेट (इ–मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम र म्याक्स नेट सोलुसन प्रालिको पनि अनुमति पत्र खारेज गरेको हो।

ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरुको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ।

ती संस्थाहरूलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि अनुरोध गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>