राजनीति

रास्वपाको महाधिवेशन प्रक्रिया आजदेखि सुरु, सात प्रदेशका एक–एक वडा अधिवेशन हुँदै

Banner

चितवन, मंसिर २८-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदै छ । महाधिवेशन अन्तर्गत आज भरतपुर महानगरपालिका वडा नं ११ मा रास्वपाको अधिवेशन हुँदै छ । अधिवेशनमा सहभागी हुन रास्वपा महामन्त्री मुकुल ढकाल आउँदै छन् ।

आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै तलबाट महाधिवेशन प्रक्रिया थाल्न लागेको सचिवालय सदस्य सन्तोष परियारले जानकारी दिए।

‘मंसिर ११, १२, १३ गते महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनसम्बन्धि कार्यविधि र सांगठनिक संरचना पारित गरेको थियो। तदनुरूप नै हामीले आज सातै प्रदेशमा वडा अधिवेशन गर्न लागेका छौं। आज सात प्रदेशका एक–एक वडामा अधिवेशन हुनेछ। त्यसका लागि केही पदाधिकारी र केन्द्रीय प्रतिनिधि खटाएका छौं,’ परियारले भने।

कोशी प्रदेशमा केन्द्रीय सदस्य विजय जैरू जानेछन्। उनी इटहरी उपमहानगरपालिका वडा नम्बर २० को अधिवेशनमा सहभागी हुनेछन्। सहमहामन्त्री सुमना श्रेष्ठ मधेस जानेछिन्। उनी जीतपुरसिमरा उपमहानगरपालिकाको वडा अधिवेशनमा सहभागी हुनेछिन्।

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार गण्डकी प्रदेशअन्तर्गत् कास्की जिल्ला जानेछन्। उनी पोखरा महानगरपालिकाको वडा नम्बर १० को अधिवेशनमा सहभागी हुनेछन्।

कोषाध्यक्ष नीला अधिकारी बुटवल उपमहानगरपालिका वडा नम्बर १३ को अधिवेशनमा सहभागी हुनेछिन्।

संगठन विभागका सचिव शंकर श्रेष्ठ सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ६ को अधिवेशनमा सहभागी हुनेछन्। सहमहामन्त्री विपिन आचार्य कैलालीको टीकापुर नगरपालिकाको वडा अधिवेशनमा सहभागी हुनेछन्।

रास्वपाले यसअघि वडा तहमा तदर्थ समिति बनाएको थियो। अहिले नयाँ प्रक्रियाद्वारा अधिवेशन गर्न लागिएको हो। रास्वपाले मनोनीतसहित ११ सदस्यीय वडा समिति गठन गर्ने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>