राजनीति

एमाले संकल्प यात्राको टोली आज धनकुटा आइपुग्ने

Banner

धनकुटा, मंसिर २८-

नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को टोली आज धनकुटा आइपुग्ने भएको छ। एमाले मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्रा १५ औं दिनमा धनकुटा आइपुग्न लागेको हो।

नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले यात्राका क्रममा धनकुटामा हुने सबै कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको छ।

संकल्प यात्राको टोलीलाई बिहान लेगुवामा फूलमालासहित स्वागत गरेर जिल्ला प्रवेश गराइने एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिए।

बिहान ९ बजेतिर टोली लेगुवा आइपुग्छ, टोलीमा सहभागि सबैलाई फूलमाला लगाएर हामीले जिल्लामा स्वागत गछौँ,’ अध्यक्ष पराजुलीले भने, ‘लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा कार्यक्रमहरू राखिएका छन्, त्यहाँका कार्यक्रमहरूमा सहभागि हुँदै टोली बसन्तपुर पुगेपछि त्यहाँ वृहत् आमसभा गर्ने तयारी गरेका छौं।’

यात्राका क्रममा लेगुवामा एमाले अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकहरूसँग भेटघाट र पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकहरूसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया गर्नेछन्। अध्यक्ष ओलीले हिलेमा पार्क उद्घाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ। सोही अवसरमा धनकुटा नगरपालिकाका प्रमुख तथा एमाले जिल्ला उपाध्यक्ष चिन्तन तामाङले धनकुटा नगरको कार्यप्रगति र भावी योजनाको विषयमा अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाउँने कार्यक्रम राखिएको छ।

पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन हुने एमालेले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>