समाचार

शेखर-गगन समूहमा कुनै फाटो आएको छैन:  नेता केसी

०
Banner

काठमाडौँ, मंसिर २७-
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर—गगन समूहमा कुनै फाटो नआएको दाबी गरेका छन् ।

बुधवार काठमाडौँमा बसेको कांग्रेस नेता डा। शेखर कोइराला गुटको बैठकपछि बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफूहरू लोकतन्त्रवादी भएकाले वाद, प्रतिवाद र संवादको प्रक्रिया भइरहने बताए । नेता केसीले महासमिति बैठक तोकिएकै समयमा हुनुपर्ने बताए । उनले नेपाल भ्रष्टाचारको काण्डले सिंगारिएको भन्दै कांग्रेसले भ्रष्टाचार बिरोधी अभियान महासमितिबाट पारित गरेर जनतामा जानुपर्ने बताए ।

नेता केसीले अहिलेसम्मका भ्रष्टाचारका प्रकरणहरुको छानबिन गरी अन्तिम फैसला गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>