चितवन विशेष

भरतपुरको ग्रिनल्याण्ड स्कुलमा सम्पन्न मेलामा ८४ परियोजनाको प्रदर्शन

Banner

चितवन, चितवन २७-

भरतपुरका ग्रिनल्याण्ड पब्लिक स्कुलमा मंगलबार सकिएको पहिलो पीबीएल मेलामा ८४ परियोजनाको प्रदर्शनी गरिएको छ ।

मेलामा विद्यार्थीहरुले परियोजनामा आधारित सिकाईका क्रममा तयार पारेका परियोजनाहरु प्रदर्शन गरेका छन् । ८४ वटा चुनिएका परियोजनाहरु प्रदर्शनीमा राखेर विद्यार्थीहरुले आफ्नो अनुभव प्रस्तुत गरेको विद्यालयकी प्राचार्य इन्दिरा पन्त कार्कीले जानकारी दिइन् ।

मेलामा विद्यार्थीहरुले तयार परेका चिया, बिभिन्न परिकारका खाजा, बाटेको धुप बिक्री वितरण गरेका थिए । यस्तै विद्यार्थीहरुले मेलाका आगन्तुकहरुको ब्लड ग्रुपिङ, रोबोटिक, जलविद्युत्, रेन डिटेक्टरलगायत पनि प्रस्तुत गरेका थिए ।

गत जेठयता विद्यालयले चलाएको परियोजनामा आधारित सिकाइअन्तर्गत विद्यार्थीहरुले विभिन्न सिप सिकेका छन् । चितवनमै पहिलो पटक आयोजित मेलाको भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले उद्घाटन गरेका थिए । सो अवसरमा पौडेलले ग्रीनल्याण्डले चितवनमै पहिलो पटक आयोजना गरेको पीबीएल मेलाले शैक्षिक गुणस्तर वृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै खुशी व्यक्त गरे ।
उनले यस किसिमका कार्यक्रम सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सिको गर्न आवश्यक रहेको औंल्याए । यस्तै ग्रिनल्याण्डले हरेक मंगलबार गर्दै आएको बुक फ्री डेलाई शुक्रबार सार्न समेत आग्रह गरे । उनले सबै विद्यालय बुक फ्री डे बारे महानगरले पनि योजना बनाएको जानकारी गराए । कार्यक्रममा उपस्थित वडाध्यक्ष तथा अतिथिहरुले पनि पीबीएल मेला शिक्षामा नविनतम प्रयास भएको भन्दै प्रसंसा गरेका थिए ।

कार्यक्रममा यस किसिमको मेलाको सुरुवात गर्ने गोल्डेन गेट कलेजका फाउण्डर तथा प्राचार्य सिंगा लामा पनि उपस्थित थिए । उनले शिक्षामा यस्ता कार्यक्रमले क्रान्ति ल्याउन मद्दत मिल्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>