राजनीति

लोकतन्त्रका उपलब्धि संस्थागत गर्नुको विकल्प छैनः त्रिपाठी

Banner

जनकपुरधाम, मङ्सिर २६-
पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले तत्काल वर्तमान सरकारको अर्को विकल्प आफूले नदेखेको बताउनुभएको छ ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष त्रिपाठीले अहिलेको अवस्थामा जसको नेतृत्वमा सरकार बने पनि योभन्दा फरक गर्नसक्ने परिस्थिति नरहेको बताउनुभयो । उहाँले मिश्रित निर्वाचन प्रणालीका कारण संसद्मा प्रतिनिधित्व गरेका कुनै पनि दलको बहुमत नरहेको र गठबन्धनबाट बन्ने जुनसुकै सरकारले लोकप्रिय काम गर्नसक्ला भन्नेमा आफू विश्वस्त नरहेको बताउनुभयो ।

“प्रधानमन्त्री ‘प्रचण्ड’मा केही गरौँ भन्ने चाहना छ । तर विभिन्न विचार समूहका पार्टीबाट बनेको कुनै पनि गठबन्धन सरकारले चाहेअनुसार काम गर्न सक्दैन । सङ्घीयता र विकासका सवालमा धेरै राम्रो नगरे पनि उहाँले नराम्रोचाहिँ गर्नुहुन्न भन्ने लाग्छ”, त्रिपाठीले भन्नुभयो, “त्यसैकारण निर्वाचन प्रणाली, अधिकार सम्पन्न सङ्घीयतालगायत सवालमा संविधान संशोधन गरेर लोकतन्त्रका उपलब्धिलाई बलियो बनाउँदै लैजानुपर्छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>