समाचार

कृत्रिम बौद्धिकता अध्ययन गर्न ‘बैदिक अनुसन्धान गुठी’

०
Banner

काठमाडौँ, मङ्सिर २६-
बैदिक अनुसन्धान गुठी (वाग्)’ ले बैदिक वाङ्मयमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स, एआई)को अध्ययन अनुसन्धान गर्ने भएको छ ।

एआईमा काम गर्न तथ्याङ्क सङ्कलन भइरहेको गुठीका संस्थापक डा स्वामी केशवानन्दले राससलाई जानकारी दिनुभयो । गुठीको स्थापना एआईमा काम गर्ने उद्देश्यले गरिएको हो । बैदिक वाङ्मयलाई डेटामा हालेर एआईमा लैजान सके पढ्न पढाउन सहज हुने उहाँले बताउनुभयो ।

गुठीको उद्देश्य बैदिक वाङ्मयको अध्ययन अनुसन्धान गर्नु हो । “नेपालमा बैदिक क्षेत्रमा यस्ता अनुसन्धानमूलक संस्था छैनन्, सूचना प्रविधि ९आईटी० क्षेत्रसँग साझेदारी गरेर एकीकृतरूपमा त्यस्तो काम गर्ने हाम्रो लक्ष्य छ, यसका लागि विस्तृत योजना बनाइरहेका छौँ”, उहाँकले भन्नुभयो ।

संस्कृत पढेका विद्यार्थी र आईटी पढिरहेका विद्यार्थीलाई अनुसन्धान जनशक्तिका रुपमा खटाइने गुठीले जनाएको छ । यसका लागि विभिन्न विश्वविद्यालयसँग समझदारी गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>