देश/प्रदेश

मेयर र उपमेयरका समर्थकबीच वीरगञ्ज महानगर परिसरमै कुटाकुट

Banner

वीरगञ्ज, मंसिर २६-

वीरगञ्ज महानगरपालिकाका मेयर र उपमेयरका समर्थकबीच आज कुटाकुट भएको छ ।

महानगरपालिकाको कार्यालय परिसरमै मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबीच कुटाकुट भएको हो ।

एउटै कोठामा पञ्जीकरण शाखा राख्ने कि उपमेयरको सचिवालयको लागि प्रयोग भन्ने विषयमा दुई पक्षबीच विवाद भएको थियो । केही समयअघि मात्रै मेयर बस्ने कोठा परिवर्तन भएर त्यहाँ प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठा बनाइएको थियो ।

प्रमुख प्रशासकीय अधिकृतको कोठा खाली भएपछि त्यहाँ पञ्जीकरण शाखा राख्ने कि उपमेयरले सचिवालय राख्ने भन्ने विषयमा विवाद भएको थियो । सोही क्रममा मेयर र उपमेयरका समर्थकबीच झडप भएको हो ।

प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाको नेतृत्वमा प्रहरी नगरपालिकामा परिचालन गरिएपछि अवस्था समान्य भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>