समाज
ललितपुरको झम्सीखेलमा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ
०

काठमाण्डौं, मंसिर २६-
ललितपुरको झम्सीखेलबाट एक जना लागुऔषध कारोबारी पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर झम्सीखेलबाट उदयपुर घर भएका ४५ वर्षका अविनाश राईलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार राईको साथबाट आइस ड्रग ४९० ग्राम बरामद भएको छ ।
खुट्टामा गोली लागेका राईलाई उपचारका लागि ट्रमा अस्पताल लगिएको छ । राईको साथबाट कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























